
काठमाडौ । अर्थमन्त्रालयको सीसीटिभी फुटेज अब तीन महिना (९० दिन) सम्म हेर्न मिल्ने भएको छ ।
मन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनामा गरेको कार्यप्रगतिको विवरण सार्वजनिक गर्दै अब सीसीटिभी फुटेजमा कैद भएको दृश्य ९० दिनसम्म हेर्न मिल्ने बनाएको जनाएको हो ।
यसभन्दा अघि पूर्वअर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट ल्याउँदा सीसीटिभी फुटेज काण्डमा मुछिएका थिए । उनी विवाद्मा मुछिएपछि सीसीटिभी फुटेजको माग भएको थियो । तर अर्थमन्त्रालय फुटेज मेटिएको भन्दै पन्छिएको थियो ।
Comments
Related News