
काठमाडौं । काठमाडौंमा दुई जना मृत फेला परेका छन् । काठमाडौंको पुरानो बानेश्वरमा रामेछापका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत भेटिएका हुन् ।
प्रहरी वृत्त, बानेश्वरले शनिबार साँझ दुई जनाको शव फेला परेको जनाएको छ ।
प्रहरीका अनुसार किशोरको छोरीमाथि छुरा प्रहार भएको छ भने किशोर झुण्डिएको अवस्थामा फेला परेका छन् ।
आर्थिक समस्यालगायत विषय उल्लेख गरिएको सुसाइड नोटसमेत प्रहरीले घटनास्थलमा भेटेको छ ।
Comments
Related News