काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा धम्कीपूर्ण स्टाटस राख्दै विशेष पत्रकार सम्मेलनमा सिधा कुरा चलाउने बताएका छन् ।
आइतबार विहान पार्टीको बैठक बस्नुपूर्व लामिछानेले सामाजिक सञ्लामा एक स्टाटस राख्दै आजको पत्रकार सम्मेलन विश्वभरबाट हर्न सुन्न आग्रहसमेत गरेका छन् ।
उनले सरकारमा सहभागिताबारे बैठकले ठोस निर्णय गर्ने जानकारी दिएका छन् ।
यस्तो छ उनको स्टाटस :
‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु । म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ ।’
Comments
Related News