
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउ गरेका छन् ।
आज संसदमा बोल्दै उनले लामिछानेले प्रक्रियागत क्रुटिमात्रै गरेको बाउँतै उनी संसदको ढोका खुला देखेर नआएको प्रतिक्रिया दिएका छन् ।
‘रवि ढोका खुला देखेर फुत्त सांसल पसेका होइनन् । निर्वाचन आयोगले उम्मेरवारी सदर गरेर चुनाव लड्दा अत्याधिक मत पाए,’ उनले भने, ‘प्रक्रियागत क्रुटीमा सांसद, पार्टी अध्यक्ष, गृह तथा उपप्रधानमन्त्री गयो । धेरै चिजमा धक्का गयो । यसमा रविलाई न्याय भएन भने कसले न्याय पायो ? फैसलामा न्याय त हुनुपर्यो होला ?’
उनले रविमाथि उजुरी गर्ने व्यक्तिमाथि पनि प्रश्न उठाएका छन् । ‘उजुरकर्ता व्यत्तिःलाई के मर्का परेर उजुरी गरे ? के कारणले उजुरी गरे बुझ्न सकिएन,’ उनले भने, ‘यसले कसले न्याय पायो पनि बुझन सकिएन ।’
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तीको प्रक्रियामा नगएको भन्दै अदालतले लामिछानेको सांसद पद बदर गरेको थियो। उक्त पद खारेज भएसँगै लामिछानेले पार्टी अध्यक्ष, उपप्रधान तथा गृहमन्त्री पद गुमाएका थिए ।