काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत नेपालका मिडिया सञ्चालकलाई चुनाव चितवन २ मा चुनाव लड्न आउन चुनौती दिएका छन् ।
एकै मान्छेकाविरूद्ध लगातार समाचार आएको भन्दै उनले नेपाली मिडियालाई रिजाएरमात्रै शक्ति आर्जन गर्नुपर्ने अवस्था रहेको बताएका छन्। उनले कान्तिपुर मिडियाका प्रकाशक कैलाश सिरोहिया, अन्नपूणस् मिडियाका रामेश्वर थापालगायतको नाम लिँदै देश चलाउने हो भने चुनाव लड्न आउन चुनौती दिएका हुन् ।
‘देश चलाउने हो भने चुनाव लड्न आउनूस्। चितवन २ मा मसँग चुनाव लड्न आउनूस्। कैलास सिहोरिया, रामेश्वर थापा, अमित ढकाल, शिव गाउँले आउने होकि को–को आउने हो आउनूस्,’ उनले भने, ‘देश तपाईंले चलाउने होइन आफ्नो मिडिया चलाउने हो। इथिक्स तपाईहरुलाई पनि लाग्छ मलाई मात्रै लाग्दैन। अदालतलाई प्रभावित पार्न तपाईंले निरन्तर चार पटक पाँच पटक समाचार लेख्नु भएको छ,’ ।