
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुबीचको एकतालाई जोगाउने पक्षमा आफू रहेको बताएका छन् ।
संसद भवन नयाँबानेश्वरबाट बाहिरिए लगत्तै सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने–‘रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राखि सरकारबाट बाहिरिएको निर्णय मैले सुने । मेरो कोशीस सत्ता गठबन्धन बनाउनेमा हुनेछ । म त्यसको लागि पहल गर्छु ।’
रास्वपाले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले सर्वोच्चको निर्णयले उहाँहरूलाई समस्या भएपनि यस विषयमा सँगै बसेर कुराकानी गर्ने बताए ।
Comments
Related News