
काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको बोलावटमा उनीहरू सोमबार बिहान बालुवाटार पुगेका हुन् ।
छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार, केहीबेरअघिदेखि प्रमुख सचेतकसँग छलफल अहिले जारी छ ।
गत मंसिर ४ मा सम्पन्न निर्वाचनपछि बनेको प्रतिनिधिसभाले कैयन् विधेयक अघि बढाएर कानून निर्माण गर्नुपर्ने आवश्यकता छ ।
Comments
Related News