
काठमाडौं । सरकारले राजस्व अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव नारायणप्रसाद सापकोटालाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सापकोटा त्यसअघि भन्सार विभागका महानिर्देशक थिए ।
यसअघि रासस्वमा महानिर्देशक रहेका मदन दाहाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । सापकोटाले आजै पदबहाली गर्ने जनाइएको छ ।
Comments
Related News