• Trending:

नेप्सेमा सामान्य अंकको वृद्धि, एनआइसी एशियाकोको सर्वाधिक कारोबार

नेप्सेमा सामान्य अंकको वृद्धि, एनआइसी एशियाकोको सर्वाधिक कारोबार

Economist Nepal

Mon, Magh 23 2079

नेप्सेमा सामान्य अंकको वृद्धि, एनआइसी एशियाकोको सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्सेमा सामान्य वृद्धि भएको छ । सोमबार नेप्से ४.५७ अंकले बढेर २१००.६५ विन्दुमा पुगेको छ ।

आज आज कुल २५९ स्टकको २९ हजार ८४६ पटक कारोबारमा ३९ लाख २२ हजार २१६ कित्ता सेयर खरिदबिक्री हुँदा कुल १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ रूपैयाँको कारोबार भएको छ ।

आज पाँच उपसमूहबाहेका सबै उपसमूहको परिसूचक बढेका छन् । विकास बैंक ०.२०, जीवन बीमा ०.८२, सामूहिक लगानी ०.५०, नीर्जीवन ०.१३,  र व्यापार ०.०६ प्रतिशतले घटेको छ ।

त्यस्तै  आज बढेका उपसमूहरूमा बैंकिङ ०.३८, वित्त ०.५८, होटल तथा पर्यटन ०.३४, जलविद्युत ०.१४, लगानी ०.२७, उत्पादन १.३८, लघुवित्त ०.१३ र अन्य ०.०३ प्रतिशतले बढेको छ ।

सोमबार आदर्श लघुवित्त वित्तिय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । माहुली लघुवित्त वित्तिय संस्था ५.५१, युनिभर्सल पावर कम्पनी ४.९९, सिभिल लघुवित्त ४.०५ र सर्पोट माइक्रोफाइनान्स लघुवित्तका लगानीकर्ताले ३.८४ प्रतिशतका दरले गुमाएका छन् ।

सोमबार कारोबार रकमको आधारमा एनआइसी एशियाको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ६ करोड ४५ लाख ७३ हजार रूपैयाँ बराबरको कारोबार भयो । त्यस्तै युनिर्भसल पावर कम्पनीको ५ करोड ३५ लाख ७९ हजार रूपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स ४ करोड ८९ लाख ६० हजार, हिमालयन डिष्टिलरी ४ करोड ७७ लाख ७ हजार र आशा लघुवित्त वित्तिय संस्थाको ४ करोड ३ लाख ७३ हजार रूपैयाँको कारोबार भयो ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.