• Trending:

६ महिनामा रेमिट्यान्स २४ प्रतिशतले बढ्यो, २ लाख ७५ हजारले लिए श्रम स्वीकृति

६ महिनामा रेमिट्यान्स २४ प्रतिशतले बढ्यो, २ लाख ७५ हजारले लिए श्रम स्वीकृति

Economist Nepal

Mon, Magh 23 2079

६ महिनामा रेमिट्यान्स २४ प्रतिशतले बढ्यो, २ लाख ७५ हजारले लिए श्रम स्वीकृति

काठमाडाैं । चालु आर्थिक वर्ष ०७९/८० को पहिलो ६ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २४.३ प्रतिशतले वृद्धि भई ५८५ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भई २,७५,६४३ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १,४२,५४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २९८.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २२.७ प्रतिशतले वृद्धि भई रु.६४४ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.४ प्रतिशतले घटेको थियो ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.