• Trending:

लामोसमय नङ पोलिस कसरी टिकाउने ?

लामोसमय नङ पोलिस कसरी टिकाउने ?

Economist Nepal

Mon, Magh 23 2079

लामोसमय नङ पोलिस कसरी टिकाउने ?

एजेन्सी । नङ लामो बनाएर सुन्दर नेलपेन्ट गर्ने चाहना कसको नहोला तर यस्तो चाहना बाबजुद नङ भाचिने समस्या धेरैको छ । यसको एकमात्र विकल्प भनको नियमित हेरचाह नै हो ।

धेरैले नेल पालिस लामो समयसम्म टिक्दैन, दुई दिनमै पालिस निस्कन थाल्छ भन्ने गुनासो गर्छन् । यसको एक कारण नङमा पोषण तत्व कम भएर पनि हो । छाला जस्तै नङलाई पनि पोषण चाहिन्छ । पोषणको कमीले नै नङ कमजोर र निर्जीज बनाउँछ ।

यस्तोमा नङलाई स्वस्थ राख्न बदाम अथवा नरिवलको तेल लगाउन सकिन्छ । यसो गर्नाले नङ कमजोर हुन पाउँदैन् र बलियो हुन्छ र नङ भाँचिने र ट्रक्रिने समस्या हुँदैन् । त्यस्तै धेरैसमय सम्म नङलाई पानीमा भिजाएर राख्दा पनि नङ पोलिस नटिक्ने हुन्छ । नङ पोलिसको गुणस्तरमा कमी छ भने पनि यस्तो हुने गर्छ । त्यसैले नङ पोलिसको छनोट सहि र गुणस्तर हुन जरुरी छ ।

पोलिस लगाएपछि राम्ररी पूर्ण रुपमा सुकाउन पनि त्यतिकै महत्वपूर्ण छ । यसले नङमा पोलिस राम्ररी बस्न पाउँछ र लामो समय टिक्छ । कसैको बानि पोलिसलाई सुकाउन तातो पार्ने हुन्छ ।  तर त्यस्तो तातो प्रयोग गर्दा नङ छिटो सुकेपनि यसले नङ पोलिस टिक्दैन । अत्यधिक नङ पोलिसले पनि नङ पहेँलो बनाउने गर्छ ।

त्यसैले कहिलेकाहीँ नङहरू पोलिस नलगाएर छाड्दिने पनि गर्नुपर्छ । बलियो नङका लागि दैनिक आहारमा क्याल्सियम, सल्फर, एमिनो एसिड, फस्फोरस, भिटामिन ‘बी’ र ‘ई’ समावेश गर्नुपर्छ।

आर्कषक र सुन्दर नङका लागि के गर्ने ?

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.