
काठमाडौं । लुम्बिनी प्रदेशमाको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् । उनी ४ हजार २६ मतसिहत निर्वाचित भएका हुन् ।
उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन् । कांग्रेसका आचार्यले ३ हजार ७२० र नाउपाका रायले १९२ मत पाएका छन् । दसौंदीलाई सत्ता गठबन्धनका दलको समर्थन थियो ।
Comments
Related News