
काठमाडौं । यातायात व्यवस्था विभागमा ६ महिनामै महानिर्देशक हेरफेर भएको छ ।
केही दिनअघि सहसचिव टोकराज पाण्डेको सरुवा भएपछि उक्त जिम्मेवारी तुल्सीनाथ गौतमले पाएका छन् ।
पाण्डेलाई वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा सरुवा गरिएको छ । उनले गत भदौ २० मा मात्रै उक्त जिम्मेवारी सम्हालेका थिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी गौतमलाई महानिर्देशक नियुक्त गरेको हो । उनले आजै पदवहाली गरिसकेका छन् ।
Comments
Related News