
काठमाडौं । नेपाल बैंकर्स संघले बचतको ब्याजदर घटाउने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले आगामी चैत १ बाट लागू हुने गरि बचतको ब्याजदर घटाउन सहमत भएका हुन् ।
संघले मुद्दती निक्षेपको ब्याज दर भने यथावत राख्दै बचतको ब्याज दर घटाएकाे हो । ६.४२ देखि ८.४ प्रतिशतसम्मको ब्याजदर घटाएर ६ देखि ८ प्रतिशत कायम गर्ने निर्णय भएको हो ।
बचतको ब्याज घटेपछि लागत पनि घट्ने भएकाले आधार दर पनि कम हुने भएको छ । त्यस्तै कर्जाको प्रिमियम पनि घटाउन बैंकहरू सहमत भएका छन् । आधार दरमा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम लिन पाइने भएको छ । यसअघि ६ प्रतिशतसम्म लिँदै आइरहेको थियो ।
यसअघि माघ महिनामा पनि ब्याज दर घटाइएको थियो । १२.१३३ प्रतिशतको ब्याज दरलाई ११ प्रतिशत पुर्याइएको थियो ।
Comments
Related News