काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहविरुद्ध मंगलबार मुम्बईको चेम्बुर पुलिस स्टेशनमा एफआईआर दर्ता गरिएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार अधिकारीहरूले सामाजिक सञ्जालमा नग्न तस्बिरहरू पोस्ट गरेकोमा मुद्दा दर्ता गरिएको बताएका छन् ।
पुलिसले आईपीसीको धारा २९२, २९३ (अश्लील सामग्रीसँग सम्बन्धित धाराहरू) र ५०९ (महिलाको मर्यादालाई अपमान गर्न प्रयोग गरिने शब्द वा इशाराहरू) अन्तर्गत मुद्दा दर्ता गरेको छ ।
एक एनजीओले सोमबार चेम्बुर प्रहरी चौकीमा उजुरी दिएको थियो । सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्विरले महिलाको भावनामा चोट पुर्याएको र इज्जतमा ठेस पुगेको उल्लेख छ ।
जुलाई २२ मा रणवीरका केही नग्न तस्बिरहरू सामाजिक सञ्जालमा आएका थिए । यी तस्बिरहरू द पेपर म्यागजिनको लागि गरिएको फोटोसुटको अंश हुन् ।
सामाजिक सञ्जालमा धेरैले यसको प्रशंसा गरिरहेका छन् भने धेरैले यसलाई अश्लील भन्दै टिप्पणी गरिएको छ ।