
काठमाडौँ । प्रि-सिजन टुरमा अमेरिका रहेको रियल म्याड्रिड क्लब अमेरिकासँग बराबरीमा रोकिएको छ ।
बुधबार बिहान सम्पन्न खेलमा रियल म्याड्रिड र क्लब अमेरिका २-२ गोलको बराबरीमा रोकिएका छन् ।
रियल म्याड्रिडका लागि करिम बेन्जमा र इडेन हजार्डले एक एक गोल गरेका थिए । त्यस्तै क्लब अमेरिकाका लागि हेनरी मार्टिन र अल्भारो फिडाइगोले एक एक गोल गरेका थिए ।
प्रि-सिजन टूर अन्तर्गत रियल म्याड्रिडले अब अर्को खेल जुलाई ३१ मा युभेन्टससँग खेल्दै छ ।
Comments
Related News