
काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् ।
केसीले बुधबार पदभार ग्रहण गर्दै चलचित्र क्षेत्रका समस्याहरु सुन्न सर्वपक्षीय सम्मेलन आयोजना गर्ने बताएका छन् । उनले छलफल गरेर नै योजनाबद्ध तरिकाले चलचित्र क्षेत्रका समस्या समाधान गर्ने बताएका छन् ।
केसीलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
Comments
Related News