
काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडको संचालक समितिलेप्रविण कृष्ण श्रेष्ठलाई सर्वसम्मत रुपमा संचालक समितिको अध्यक्षमा चयन गरेको छ ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले बैंक तथा वित्तीय संस्था ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनासमक्ष बुधबार पद तथा गोपनियताको शपथ लिएका छन् ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले त्रिविबाट एमबिए सम्मको शिक्षा हासिल गरेका छन् । उनले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र माछापुच्छ्रे बैंक लिमिटेडको उच्च व्यवस्थापन तहमा रहेर करिब २ दशक नेपालको बैंकिङ क्षेत्रमा काम गरेका छन् । श्रेष्ठ विगत ४ बर्षदेखि लुम्बिनी विकास बैंकको संचालक रहदै आएका छन् ।
शपथ कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणकर भट्ट, निर्देशक बुद्धराज शर्मा, लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहोराको उपस्थिति रहेको थियो ।