सिङ्गापुर । श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावाय राजापाक्ष थप केही समय सिङ्गापुरमा नै बस्ने भएका छन् ।
उनले अरू १४ दिन सिङ्गापुरमै बस्ने योजना बनाएका स्थानीय सञ्चार माध्यमले बुधबार जनाएका छन् ।
इन्धन, खाद्यान्न, औषधिलगायत अत्यावश्यक सामग्रीको चरम अभाव भएपछि आन्दोलनमा उत्रेका सर्वसाधारणले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय तथा निवास नै कब्जा गरेपछि देश छाडेर गएका राजापाक्षले यसअघि पनि १४ दिन सिङ्गापुर बस्ने अनुमति लिएका थिए ।
उनलाई सिङ्गापुर सरकारले अतिथिको रुपमा आफ्नो देशभित्र बस्न अनुमति दिएको हो ।
श्रीलङ्का सरकारका प्रवक्ता बन्दुला गुनावार्डेनाले भने पूर्व राष्ट्रपति राजापाक्ष चाडै नै स्वदेश फर्किने अपेक्षा गरिएको बताएका छन् ।
Comments
Related News