
फाइल तस्बीर
काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत बुधबार भएको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-० ले पराजित गरेको छ ।
भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा नेपाललाई लगातार दोस्रो जित दिलाउने क्रममा कप्तान आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले १-१ गोल गरेका हुन् ।
यो जितपछि नेपाल फाइनल नजिक पुगेको छ । लगातार दोस्रो जित दर्ता गरेको नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
खेलको ५९औं मिनेटमा कप्तान आयुषले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । अग्रता लिएको केही मिनेटमा नै नेपालले कृतिशको गोलमा अग्रता दोब्बर पार्यो आयुषकै पासमा कृतिशले नेपालका लागि दोस्रो गोल गरेका थिए । त्यसपछि खेलको ८४औं मिनेटमा मनग्यले पेनाल्टी क्षेत्र भित्रबाट सहजै गोल गर्दै नेपाललाई ३-० गोलको अग्रता दिलाएका थिए ।
नेपालको २ खेलबाट ६ अंकसहित शिर्ष स्थानमा छ भने दोस्रो स्थानको बंगलादेशको पनि ६ अंक रहेको छ । नेपालले अब ३१ जुलाईमा भारतको सामना गर्नेछ ।