
मकवानपुर । कैलाश गाउँपालिका–७ वराङस्थित मनहरी खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही गाउँपालिका खानीडाँडा बस्ने ५५ वर्षीय जित बहादुर प्रजा रहेका छन् । उनको बुधबार मृत्यु भएको हो ।
प्रहरी चौकी भार्ता र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Comments
Related News