
काठमाडौं । श्रीलंकाले पाकिस्तानविरुद्धको दोस्रो टेस्ट २४६ रनले जितेको छ ।
टेस्टको पाँचौं दिन ५०७ रनको विशाल लक्ष्य पछाएको पाकिस्तान आफ्नो दोस्रो इनिंगमा २६१ रनमै अलआउट भएपछि श्रीलंकाले फराकिलो जित हासिल गरेको हो ।
श्रीलंकाले पहिलो इनिंगमा ३७८ र दोस्रो इनिंगमा ८ विकेट गुमाउदै ३६० रन बनाएर पारी घोषित गरेको थियो ।
त्यस्तै पाकिस्तानले आफ्नो पहिलो इनिंगमा २३१ र दोस्रो इनिंगमा २६१ रन मात्र बनाएको थियो ।
योजितसँगै श्रीलंकाले पाकिस्तानविरुद्धको टेस्ट सिरिज १-१ ले बराबरी गरेको छ । यस अघि पहिलो टेस्ट पाकिस्तानले जितेको थियो
Comments
Related News