
कैलाली । धनगढीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आज अवलोकन गरेका छन् ।
उनिसँगै प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरालगायत सहभागी थिए ।
अवलोकनका क्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकार मेडिकल कलेजमा मिलेर काम गर्न इच्छुक रहेको बताएका त्यहाँका निर्देशक डा प्रमोद जोशीले जानकारी दिए ।
उनले भने, “मेडिकल कलेज छिटोभन्दा छिटो सञ्चालन गर्नुपर्दछ भन्ने विषयमा पनि हामीबीच कुरा भएको छ ।”
त्यस्तै मेडिकल कलेजका भित्री संरचना विद्युत्, पानी, ढललगायतको व्यवस्थापनमा समस्या देखिएकाले त्यसको व्यवस्था गर्न सम्बद्ध पक्षलाई निर्देशन दिएको जनाइएकोे छ ।