काठमाडौ । देशभर पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ५०२५ जनामा परीक्षण गर्दा ७१० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
२५४१ नमुनाको पीसीआर परीक्षण गर्दा ५२४ जनामा र २४८४ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै काठमाडौँ उपत्यकामा ३२४ जनालाई संक्रमण भएको छ । जसमा काठमाडौँ जिल्लामा २४४, ललितपुरमा ६४ र भक्तपुरमा १६ जनालाई कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार २३६ पुगेको छ । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।