• Trending:

‘न्यौपानेको अनुभव निजमती सेवाका लागि प्रेरणा’

‘न्यौपानेको अनुभव निजमती सेवाका लागि प्रेरणा’

Economist Nepal

Thu, Saun 12 2079

‘न्यौपानेको अनुभव निजमती सेवाका लागि प्रेरणा’

https://kharibot.com/news-details/115981/kharibot

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने उमेर हदका कारण आजदेखि सेवाबाट अनिवार्य अवकाश भएका छन् ।

खरिदारदेखि सचिवसम्म २६ वर्ष दुई महिना निजामती सेवामा बिताएका सचिव न्यौपाने बुधबारदेखि सेवाबाट अवकाश भएका छन् ।

मन्त्रालयमा आज आयोजित बिदाइ कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयको जिम्मेवारीमा छोटो अवधिमा काम गर्दा हार्दिकतापूर्ण रहेको उल्लेख गर्दै न्यौपानेको अनुभव र अनुभूतिहरु निजामती सेवाका लागि प्रेरणाको स्रोत हुने विश्वास व्यक्त गरे ।

उनले सचिव न्यौपानेको योग्यता क्षमतालाई देश विकासका लागि फेरि पनि उपयोग गरिने बताए ।

सचिव न्यौपानेले निजामती सेवाबाट आफ्नो अवकाश जीवनको अर्को ‘टर्निङ प्वाइन्ट’ भएको भन्दै अवकाशपछिको जीवनलाई थप सक्रिय बनाउने बताए ।

सचिव न्यौपानेले विभिन्न मन्त्रालय, महत्वपूर्ण निकायमा नेतृत्व गरे । पर्यटन मन्त्रालयमा करिब आठ महिना सचिवको रुपमा काम गरे ।

न्यौपाने सचिव पदको पाँचवर्षे सेवा अवधिबाट अवकाश लिएका हुन् । उनको अवकाशपछि मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछानेलाई निमित्त सचिवको जिम्मेवारी दिइएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.