
चितवन । चिप्लिएर नारायणी नदीमा लडेका एक पुरुष बेपत्ता भएका छन् ।
बिहीबार बेलुका करिब ५ बजे भरतपुर–१, जोरकुसुम पार्कको चौतारामुनि सफा गर्ने क्रममा चिप्लिएर लड्दा एक पुरुष नारायणी नदीमा बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा गोरखा आरुघाट घर भई हाल भरतपुर महानगरपालिका–२, क्षेत्रपुर बस्ने ४५ वर्षीय रमेश खनाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पुरुषको खोजी कार्य थालिएको छ ।
Comments
Related News