
पोखरा । पोखरामा आजदेखि मेयर सम्मेलन हुँदैछ । पोखरा महानगरको आयोजनामा ६ महानगरको सम्मेलन हुन लागेको हो । सम्मेलनमा ६ वटै महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरु भेला हुनेछन् ।
महानगरले हालसम्म गरेका काम, राम्रा अभ्यासको अनुभव आदानप्रदान लगायत विषयमा छलफल हुनेछ । यस्तै, कानूनी अड्चनका विषयमा पनि कुरा गरिने मेयर धनराज आचार्यले बताए । उनले महानगरको छुट्टै सन्चालन ऐन बनाउनका लागि पनि साझा धारणा खोज्ने बताएका छन् ।
महानगरको छुट्टै सन्चालन ऐनबारे यसअघि पनि छलफलमा गएको थियो । तर कार्यान्वयन भएन । मेयरहरुले महानगर सुधारको साझा धारणा तय गर्ने र उक्त धारणा एकमुष्ट रुपमा प्रदेश र संघ सरकारमा बुझाउने बताएका छन् ।