• Trending:

एमालेको संघीयता र गणतन्त्रविरोध अभिव्यक्ति कुण्ठित गर्न संसदमा माग

एमालेको संघीयता र गणतन्त्रविरोध अभिव्यक्ति कुण्ठित गर्न संसदमा माग

Economist Nepal

Fri, Saun 13 2079

एमालेको संघीयता र गणतन्त्रविरोध अभिव्यक्ति कुण्ठित गर्न संसदमा माग

https://kharibot.com/news-details/116033/kharibot

काठमाडौं, १३ साउन 

जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले एमालेका सांसदले संघीयता र गणतन्त्रविरोध अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद साहले एमालेका नेतृत्वले संसदमै संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रविरुद्ध अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् । यस्ता अभिव्यक्तिलाई निरुत्साहित र कुण्ठित गर्न सभामुख अग्निप्रसाद सापकोटासँग सांसद साहले रुलिङको माग गरे । 

‘विगतदेखि नै एमालेका नेतृत्वको संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रविरोधी संसदमा अभिव्यक्ति दिइरहेका छन् । गणतन्त्रमा पनि यस्ता आवाज उठ्दा सभामुखले रुलिङ गरेर संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रविरोधी आवाजलाई कुण्ठित गर्नुपर्छ,’ संसद बैठकमा सांसद साहले भने । 

धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रविरोधी गतिविधिमा संलग्न भएको भन्दै उनले ४ कात्तिक २०७७ मा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले भारतीय रअ प्रमुख सामन्त  गोयललाई किन भेट्नु परेको भन्दै प्रश्न गरे । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हैसियत नमिल्ने गोयललाई ओलीले भेट्नुको कारण खोज्दै उनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षविरुद्ध उठ्ने आवाजलाई रोक्नुपर्ने माग गरे । 

 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.