• Trending:

यस्तो छ जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदन

यस्तो छ जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदन

Economist Nepal

Fri, Saun 13 2079

यस्तो छ जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदन

https://kharibot.com/news-details/116070/kharibot

काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको विषयमा जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ ।

संघीय संसद भवन, नयाँबानेश्वरको शंकर हलमा बिहीबार समितिका संयोजक लक्ष्मणलाल कर्णले सभामुखलाई प्रतिवेदन बुझाएका हुन् । 

साथै समितिले तयार गरेको प्रतिवेदन संसदमा पनि पेश गरिएको छ । आजको प्रतिनिधिसभाको दोस्रो बैठकमा संयोजक कर्णले प्रतिवेदन पेश गरेका हुन् । 

करको दल हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी प्रश्न उठेपछि २२ असारमा ११ सदस्यीय समिति गठन भएको थियो । समितिलाई सुरुमा १० दिनको समय दिइएको थियो । समय अपुग भएको भनि साउन ५ गते सात दिन समय थप भएको थियो । समितिको समय विहिबार नै सकिएको छ । 

प्राप्त समयमै छानबिन समितिले प्रतिवेदन तयार गरेको छ । तयार प्रतिवेदनमा ‘अनधिकृत व्यक्तिको प्रवेश पुष्टि हुन नसकेको’ निष्कर्ष छ ।

यस्तो छ समितिको प्रतिवेदन :

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.