
दमौली । नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले एमालेको नेतृत्वमा देश विकास सम्भव रहेको बताएका छन् ।
नेकपा (एमाले) शुक्लागण्डकी नगर कमिटीले आज दुलेगौडामा आयोजना गरेको कार्यक्रममा महासचिव पोख्रेलले उक्त कुरा बताएका हुन् ।
‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा एमाले सदैव प्रतिबद्ध रहेको महासचिव पोख्रेलको भनाइ थियो ।
अन्य राजनीतिक दल यथास्थितिवादी भएकाले अन्य पार्टीको नेतृत्वमा विकास सम्भव नरहेको पोख्रेलले दाबी गरे ।
देश विकास र समाज निर्माणमा एमालेलाई अब्बल बनाउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने महासचिव पोख्रेलले बताए ।
“प्रशिक्षण कार्यक्रमबाट नेता तथा कार्यकर्तालाई सक्रिय बनाउँदै देश विकासको अभियानमा लाग्ने प्रेरणा जगाउनुपर्छ”, पोख्रेलले भने ।