• Trending:

अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्स भाइरसबाट मृत्यु

अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्स भाइरसबाट मृत्यु

Economist Nepal

Sat, Saun 14 2079

अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्स भाइरसबाट मृत्यु

https://kharibot.com/news-details/116128/kharibot

रियो दि जेनेरियो । अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्स भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।  

कारण ब्रजिलका एकजना ४१ वर्षीय पुरूषको मृत्यु भएको छ। संक्रमणबाट ब्रजिलका एक ४१ वर्षीय पुरूषको मृत्यु भएको छ ।

ब्राजिलमा अहिलेसम्म १,०६६ जनामा मंकीपक्स पुष्टि भएको छ । त्यस्तै स्पेनले पनि भाइरससँग जोडिएको पहिलो मृत्यु घोषणा गरेको छ ।

मंकीपक्सबाट मृत्यु भएको युरोपमै पहिलो घटना हो । भाइरसबाट स्पेन सबैभन्दा संक्रमित देशमध्ये एक हो ।

अहिलेसम्म ४ हजार २९८ जनामा मंकीपक्स देखिएको छ । तीमध्ये १३० जना अस्पताल भर्ना भएका छन् ।

एक साताअघि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । 

उनी लिम्फोमा र कमजोर प्रतिरक्षा प्रणालीबाट पीडित भएको  स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मङ्कीपक्स भाइरसका कारण मङ्कीपक्स रोग लाग्छ। विज्ञहरुका अनुसार यो भाइरस बिफर रोग गराउने भाइरसकै वर्गमा पर्छ ।

सङ्क्रमण भएपछि ठेउलाको जस्तो फोका  देखिन्छ। सङ्क्रमित व्यक्तिको  सम्पर्कमा आउने अन्यमा पनि यो भाइरस सर्न सक्छ।

ज्वरो आउने, टाउको दुख्ने,  ढाड दुख्ने, मांसपेशी दुख्ने जस्ता समस्या यो रोगका लक्षण हुन् ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.