• Trending:

संसदीय विशेष समितिको प्रतिवेदन मान्दैनौं- ओली

संसदीय विशेष समितिको प्रतिवेदन मान्दैनौं- ओली

Economist Nepal

Sat, Saun 14 2079

संसदीय विशेष समितिको प्रतिवेदन मान्दैनौं- ओली

https://kharibot.com/news-details/116160/kharibot

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदन नमान्ने बताएका छन् । 

शनिवार युवासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले समितिको प्रतिवेदन आफूहरूलाई मान्य नभएको बताएका हुन् । ओलीले प्रतिवेदन अल्पमत र बहुमतका आधारमा तयार पारिएकोले आफुहरु नमान्ने बताए ।

उनले भने- ‘११ जनाको समिति बनाउने, ७ जना आफ्ना राख्ने, हुन्छ-हुन्न भनेर रिपोर्ट ल्याउने ? यो तथ्यमा आधारित रिपोर्ट होइन, त्यसलाई मान्न सक्ने कुरा हुन्न ।’ ओलीले अगाडी भने- ‘बजेट निर्माण गर्दा देशमारा काम भएको छ, ढुकुटीमारा काम र अनैतिक आपराधिक काम भएकै हो । निष्पक्ष छानबिन गर्न सरकारले चाहेन ।’ 

उनले ११ सदस्यीय समितिमा एमालेलाई अल्पमतमा पारेर अर्थमन्त्रीलाई निर्दोष देखाउने काम भएको बताए ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई सामेल बनाएको आरोप लागेपछि प्रतिनिधिसभाले संसदीय विशेष समिति गठन गरेको थियो । समितिले शुक्रबार आफ्नो प्रतिवेदन संसदमा पेश गरेको छ । जसमा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति समावेश भएको कुनै प्रमाण नभेटिएको उल्लेख छ ।

समितिमा नेकपा एमालेका तर्फबाट चार जना, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २-२ जना तथा नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका १-१ जना सदस्य थिए । 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.