काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ भावुक बनेको भिडियो र तस्वीर अहिले मिडिया र सामाजिक सञ्जालमा भाइरल भएको छ ।
श्रमदानबाट आफ्नो ठाउको विकास गर्नु पर्छ भन्ने अभियान चलाउदै धरानमा खानेपानी र वृक्षरोपण अभियान चलाइरहेका मेयर साम्पाङ शनिबार डाको छोडेर रोएका हुन् ।
शनिबार धरानको सर्दु खोला किनारमा वृक्षरोपणमा सभागी युवाहरुलाई हौसला बढाउने क्रममा भावुक बनेका छन् ।
मेयर साम्पाङ वृक्षरोपणका लागि पुगेका मिस धरानका प्रतिस्पर्धीको हौसला बढाउन सर्दु खोला किनारमा सम्बोधन गर्दागर्दै रोएका थिए । उनले देशकोलाई सोच्न सकूँ, देशको लागि बोल्न सकूँ भन्दै भावुक बनेका थिए ।
उनले देश विदेशबाट प्राप्त मायाका कारण आफु भावुक बनेको बताएका छन् ।
साम्पाङले धरानमा चलिरहेको अभियानलाई धरान बाहिरबाट समेत समर्थन पाएको, माया पाएकोले आफु भावुक बनेको बताएका छन् । उनले आफु हर्षले भावुक भएको बताए