• Trending:

कैलाली भन्सारद्वारा ९ अर्ब राजस्व सङ्कलन

कैलाली भन्सारद्वारा ९ अर्ब राजस्व सङ्कलन

Economist Nepal

Sun, Saun 15 2079

कैलाली भन्सारद्वारा ९ अर्ब राजस्व सङ्कलन

https://kharibot.com/news-details/116193/kharibot

सुदूरपश्चिम । कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा नौ अर्ब ५८ करोड २६ लाख राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले उपलब्ध गराएको तथ्याङ्कका अनुसार सो अवधिमा रु ११ अर्ब ८२ करोड ३९ लाख राजस्व सङ्कलनको लक्ष्य राखेको थियो ।

 सङ्कलित राजस्व लक्ष्यको झण्डै ८१ प्रतिशत हो । कार्यालयका अनुसार भन्सार महशुलतर्फ रु तीन अर्ब ५६ करोड ५५ लाख, मुल्य अभिवृद्धि करतर्फ तीन अर्ब ८६ करोड ४० लाख, अन्तः शुःल्कतर्फ रु २३ करोड ९९ लाख र अन्य शीर्षकतर्फ एक अर्ब ९१ लाख ३१ लाख राजस्व असुली भएको छ ।

 

सो अवधिमा कार्यालयले मूल्य अभिवृद्धि करतर्फ रु तीन अर्ब १० करोड १५ लाख, भन्सार महशुलतर्फ पाँच अर्ब २२ करोड ४० लाख, अन्तः शुःल्कतर्फ रु २८ करोड ७६ लाख र अन्य शीर्षकतर्फ तीन अर्ब २१ करोड ६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

गत माघमा सबैभन्दा कम ६९ दशमलब ५२ प्रतिशत र सबैभन्दा बढी गत वर्ष साउनमा ८९ दशमलब आठ प्रतिशत राजस्व असुली भएको जनाइएको छ ।

कैलाली भन्सार नाकाबाट मुख्य निर्यात हुने वस्तुमा रोजिन टर्पेनटाइन, खयर कच्छ, पिना, भटमासको तेल लगायत छन् ।

आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, मोटर पाट्र्सका साथै चामल, मकै, तोरी, तरकारीलगायत खाद्य सामग्री छन् ।

यो नाकाबाट निर्यात व्यापारभन्दा आयात बढी मात्रामा रहेको छ । 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.