काठमाडौं । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरि स्कुल बस चलाउने सवारी चालकलाई कारवाही गरेको छ ।
ट्राफिकले साउन ८ गतेदेखि देखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान संचालन गरेको थियो । जस अन्तर्गत आइतबार काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा १६ वटा स्कुल बसलाई विभिन्न कसुरमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियमानुसार कारबाही गरेको छ । जस अन्तरगत विभिन्न स्कुलका पाँच वटा चालकहरुले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको भेटिएको छ ।
उक्त चेकजाँच अभियानलाई निरन्नतर संञ्चालन गरिने प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।
Comments
Related News