• Trending:

खोटाङ भूकम्प अपडेटः केन्द्रविन्दु भएको स्थानमा पुग्यो प्रहरी

खोटाङ भूकम्प अपडेटः केन्द्रविन्दु भएको स्थानमा पुग्यो प्रहरी

Economist Nepal

Sun, Saun 15 2079

खोटाङ भूकम्प अपडेटः केन्द्रविन्दु भएको स्थानमा पुग्यो प्रहरी

https://kharibot.com/news-details/116198/kharibot

खोटाङ । नेपाल प्रहरीको एक टोली आज गएको भूकम्पको केन्द्रविन्दु खोटाङको साकेला गाउँपालिका–५ मात्तिम विर्ता पुगेको छ । 

भूकम्पले गरेको क्षतिको विवरण तथा अवस्था बुझ्न प्रहरीको टोली गएको कोटाङका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईले भने । 

‘भूकम्पको केन्द्रविन्दु भएको भएको ठाउँमा अहिले प्रहरी टोली पुगीसकेको छ,’ उनले भने । 

आज विहान ८: १३ बजे खोटाङको साकेला गाउँपालिका–५ मात्तिम विर्ता केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प ६ म्याग्निच्युडको रहेको थियो । 

‘भूकम्पले ठूलो क्षति गरेको विवरण अहिलेसम्म प्राप्त भएको छैन । मानविय क्षति केही भएको छैन,’ खोटाङ्का प्रमुख जिल्ला अधिकारी सेडाईले भने, ‘केही पुराना घरहरु चर्केको, पालि भत्केको खबर प्राप्त भएको छ ।’ 

अहिले जिल्लाभरीबाट विवरण संकलन गर्ने काम भइरहेको उनले जनाए । 

 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.