• Trending:

साउदीमा एक वर्षमा २०६ जना नेपालीले गुमाए ज्यान

साउदीमा एक वर्षमा २०६ जना नेपालीले गुमाए ज्यान

Economist Nepal

Sun, Saun 15 2079

साउदीमा एक वर्षमा २०६ जना नेपालीले गुमाए ज्यान

https://kharibot.com/news-details/116231/kharibot

काठमाडौं  । वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरुमध्ये २०६ जनाको गत आर्थिक वर्ष २०७८/७९ मा मृत्यु भएको छ । 

साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो । 

मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको र १८ जनाको साउदी अरबमै अन्तिम संस्कार गरिएको जानकारी दूतावासले दिएको छ । ८ जनाको शव नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ । 

दूतावासका अनुसार मृत्यु भएकाहरुमध्ये ११२ जनाको प्राकृतिक कारण (ह्दयघाट समेत) र ३४ जनाको आत्महत्या कारण ज्यान गुमाएका हुन् ।

यस्तै, ३१ जनाको सडक दुर्घटनामा परी, १४ जनाको कार्य क्षेत्रमा दुर्घटनाका कारण र १४ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । एक जना नेपालीको भने हत्या भएको थियो । 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.