• Trending:

संसदीय समितिको निर्देशन- चिनी मिलको समस्या तत्काल समाधान गर्नु

संसदीय समितिको निर्देशन- चिनी मिलको समस्या तत्काल समाधान गर्नु

Economist Nepal

Sun, Saun 15 2079

संसदीय समितिको निर्देशन- चिनी मिलको समस्या तत्काल समाधान गर्नु

https://kharibot.com/news-details/116248/kharibot

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी मिलमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरवारमा आइतबार बसेको समितिको बैठकले सम्बन्धित पक्षसँग छलफल गरी चिनी मिलमा देखिएको समस्या समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । 

लामो समयदेखि उखु किसानले वक्यौता रकम पाएका छैनन् । जस कारण बेला बेलामा किसान आन्दोलनमा उत्रिने गरेका छन् । समितिले चिनी मिलका प्रतिनिधि, उखी किसान र मजदुरसँग छलफल गरी समस्या समाधान गर्न निर्देशन दिएको हो । 

 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.