काठमाडौँ । सभामुख अग्नि प्रसाद सापकोटाले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ आज प्रमाणित गरेका छन् ।
प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसदबाट पारित भएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ आज प्रमाणित गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ । अब यो विधेयकलाई राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पेश हुने छ ।
यस विधेयकमा गैरआवसीय नेपाली नागरिकताको व्यवस्था, आमाका नामबाट नागरिकता हस्तान्तरणका लागि स्वघोषणाको सर्त लगायतका व्यवस्था गरेको छ ।
Comments
Related News