काठमाडौँ । कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता सम्पन्न भएको छ ।
यो सम्झौतापछि बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरुले सिद्धार्थ बिज्नेस ग्रुप अन्तर्गतका देश भर फैलिएका विभिन्न होटल, रिसोर्ट , रेस्टुरेन्ट तथा क्याफे हरुमा प्रदान गरिने उत्कृष्ट सेवा सुविधाहरुमा आकर्षक छुट प्राप्त गर्न सकिने छ ।
बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेश गरी यो सुबिधा सजिलै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट ग्राहक महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
Comments
Related News