काठमाडौं । जनार्दन शर्माले अर्थमन्त्रीको शपथपछि आइतबार नै पदभार ग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि अर्थमन्त्रालय पुगेका मन्त्री शर्मालाई राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गरेका छन् ।
अर्थ मन्त्रालयका सचिव मधु मरासिनी भने आइतबार अनुपस्थित देखिए । यस अघि मन्त्री शर्मा विवादमा परे पछि उनी बिदामा बसेका थिए । अहिले जनार्दनको अर्थमन्त्रालयमा पुनरागमन भएपछि मरासिनीलाई नैतिक संकट परेको विश्लेषण भइरहेको छ ।
Comments
Related News