• Trending:

प्रभु बैंक र सेन्चुरी बैंकबीच मर्जर सम्झौता

प्रभु बैंक र सेन्चुरी बैंकबीच मर्जर सम्झौता

Economist Nepal

Mon, Saun 16 2079

प्रभु बैंक र सेन्चुरी बैंकबीच मर्जर सम्झौता

https://kharibot.com/news-details/116296/kharibot

काठमाडौं । प्रभु बैंक र सेन्चुरी बैंकले एक आपसमा गाभ्ने गाभिने प्रारम्भिक सम्झौता गरेका छन् । दुवै बैंकले आइतबार (साउन १५ गते) १: १ अनुपातमा मर्जरमा जान सम्झौता गरेका हुन् ।

सम्झौतामा प्रभु बैंकको अध्यक्ष लिला प्रसाद सिटौला र सेन्चुरी बैंकका राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । मर्जरपश्चात प्रभु बैंकको नाममा एकिकृत कारोबार हुनेछ । 

अहिले प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ छ भने सेन्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ छ । मर्जर हुँदा प्रभु बैंक लिमिटेडको चुक्ता पुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.