काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद मोदीले मंगलबार दिल्लीको जन्तर मन्तरमा विभिन्न मागका लागि धर्ना दिने भएका छन् ।
प्रह्लाद मोदी ‘अल इन्डिया फेयर प्राइस शप डिलर्स फेडरेशन’ का उपाध्यक्ष पनि हुन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार एआईएफपीएसडीएफले एक विज्ञप्तिमा धर्नापछि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने बताएको छ । सदस्यहरूले बुधबार लोकसभा अध्यक्ष ओम बिरलालाई भेट्ने योजना बनाएका छन् ।
एआईएफपीएसडीएफका अन्य सदस्यहरूसँग प्रह्लाद मोदीले जन्तर मन्तरमा धर्ना दिनेछन् ।
उनीहरुले चामल, गहुँ र चिनीमा भएको नोक्सानीको क्षतिपूर्तिसहित नौवटा मागहरू छन् । नि:शुल्क वितरणको ‘पश्चिम बङ्गाल रासन मोडल’ देशभर लागू गर्नुपर्ने माग पनि छ ।
Comments
Related News