• Trending:

एन्फा कार्यसमिति बैठक २६ गते

एन्फा कार्यसमिति बैठक २६ गते

Economist Nepal

Tue, Saun 17 2079

एन्फा कार्यसमिति बैठक २६ गते

https://kharibot.com/news-details/116450/kharibot

काठमाडौ । दोस्रो पटक स्थगित अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक २६ साउनमा बोलाइएको छ । 

पछिल्लो समय भागबन्डा नमिलेपछि स्थगित हुँदै आएको बैठक तेस्रो पटकसमेत विभिन्न पदाधिकारी नियुक्तिमै रहनेछ ।  एन्फा स्रोतका अनुसार अघिल्लो १९ एजेन्डामै बैठक हुने बताइएको छ । 

पंकजबिक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भएपछी तेस्रो पटकलाई कार्यसमिति बैठक बोलाइएको हो ।  तर, दुबै बैठक स्थगित भएका थिए । 

गत २ साउनमा बोलाइएको पहिलो बैठकमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछि  स्थगित भएको थियो । यस्तै, ४ साउनमा बोलाइएको बैठक एजेन्डामा प्रवेश नगर्दै स्थगित भएको थियो । तर, नियुक्तिका बिषयमा कुरा नमिल्दा बैठक रोकिएको थियो ।

बैठक एजेन्डामा बिबादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी ( सिइओ, प्रवक्ता, उपमहासचिब, तीन सहमहासचिब, मानार्थ अध्यक्ष)  नियुक्ति रहेको छ । यस्तै, सहिद स्मारक लिगलगायत रहेको छ । 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.