• Trending:

२ खर्ब ३७ अर्बको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त

२ खर्ब ३७ अर्बको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त

Economist Nepal

Tue, Saun 17 2079

२ खर्ब ३७ अर्बको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त


२ खर्ब ३७ अर्बको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त



kharibot

काठमाडौ । सरकारले एक वर्षमा २ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढीको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । 

अर्थ मन्त्रालयका अनुसार सरकारले गत आर्थिक वर्ष २०७८/७९ मा उक्त अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको हो । 

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा सरकारले कुल २ खर्ब ३७ अर्ब ९१ करोड ७३ लाख रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको अर्थले जनाएको छ । 

प्राप्त अन्तर्राष्ट्रिय आर्थिक सहयाता प्रतिबद्धतामा ९३ अर्ब ३० करोड ७५ लाख अनुदान सहयोग र १ खर्ब ४४ अर्ब ६० करोड ९८ लाख रुपैयाँ ऋण सहायता रहेको छ । 

अन्तर्राष्ट्रिय आर्थिक सहयाता प्रतिबद्धतामध्ये १ खर्ब ११ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ पछिल्लो तीन महिना (२०७९ वैशाखदेखि असारसम्म)मा मात्र प्राप्त भएको थियो । 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.