• Trending:

निर्वाचनको मिति घोषणा भएपछि संसद स्वतः भंग हुन्छ- भीमार्जुन आचार्य

निर्वाचनको मिति घोषणा भएपछि संसद स्वतः भंग हुन्छ- भीमार्जुन आचार्य

Economist Nepal

Tue, Saun 17 2079

निर्वाचनको मिति घोषणा भएपछि संसद स्वतः भंग हुन्छ- भीमार्जुन आचार्य


निर्वाचनको मिति घोषणा भएपछि संसद स्वतः भंग हुन्छ- भीमार्जुन आचार्य



kharibot

काठमाडौं । संविधानवीद् भीमार्जुन आचार्यले सरकारले निर्वाचनको मिति घोषणा गरेपछि अहिलेको संसद स्वतः भंग हुने बताएका छन् । 

आचार्यले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत निर्वाचनको मिति घोषणा गरेपछि संसद विघटन गरिराख्नु नपर्ने  समेत जनाएका छन् । 

‘प्रतिनिधि सभाको कार्यकाल ५ बर्षको हो । कार्यकाल सकिनुअघि अर्थात मंसिर १० गते भित्र निर्वाचन सम्पन्न भइसक्नु पर्छ,’ संविधानवीद् आचार्यले भनेका छन्, ‘निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ । फेरि विघटन गरिराख्नु पर्देन ।’ 

संसद नै नरहेपछि सांसद समेत नरहने उनले बताएका छन् । ‘स्थापित मान्यताको कदर गरौ,अति नगरौं,’ उनले लेखेका छन् । 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.