• Trending:

चीनको चेतावनीका बीच ताइवान पुगिन् पेलोसी

चीनको चेतावनीका बीच ताइवान पुगिन् पेलोसी

Economist Nepal

Tue, Saun 17 2079

चीनको चेतावनीका बीच ताइवान पुगिन् पेलोसी


चीनको चेतावनीका बीच ताइवान पुगिन् पेलोसी



kharibot

काठमाडौँ । अमेरिकी संसद् हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले ताइवान पुगेकी छन् । चीनको कडा चेतावनीका बाबजुद अमेरिकी सभामुख पेलोसी मंगलबार ताइवान पुगेकी हुन् ।

चीनको पटक पटकको चेतावनीका बाबजुद पेलोसीको विमान मंगलबार साँझ ताइपेईमा अवतरण गरेको रोयटर्सले उल्लेख गरेको छ । 

मिडिया रिपोर्टका अनुसार पेलोसी मलेसियाबाट मंगलबार ताइवान पुगेकी हुन् । पेलोसीलाई अमेरिकी नौसेना र वायुसेनाका २४ उन्नत लडाकु विमानहरूले  सुरक्षा प्रदान गरेका थिए ।

चीनले पेलोसीको विमान ताइवान आएमा चिनियाँ वायुसेनाको विमानले पेलोसीको विमानलाई घेर्ने बताएको थियो । तर चीनको चेतावनीका बाबजुद पेलोसी ताइवानमा अवतरण गरेकी छन् ।

यसैबीच चीनले ताइवान सीमानजिकै सैन्य अभ्यास पनि गरेको छ भने अमेरिका, ताइवान र चीनले आफ्ना सेनालाई युद्धका लागि तयार राखेका छन् ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.