• Trending:

पेलोसीले ताइवान छोडिन्

पेलोसीले ताइवान छोडिन्

Economist Nepal

Wed, Saun 18 2079

पेलोसीले ताइवान छोडिन्


पेलोसीले ताइवान छोडिन्



kharibot

काठमाडौँ । अमेरिकी संसद् हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले ताइवान छोडेकी छन् । चीनको कडा चेतावनीका बाबजुद अमेरिकी सभामुख पेलोसी मंगलबार ताइवान पुगेकी पेलोसी ताइवानमा २४ घण्टाभन्दा कम समय बिताएर उनले ताइवान छोडेकी हुन् ।

ताइवानमा रहदा पेलोसीले ताइवानकी राष्ट्रपतिसँग भेटवार्ता गर्नुका साथै ताइवानको संसदलाई सम्बोधन गरेकी थिइन् । यस क्रममा पेलोसीले अमेरिका सधै ताइवानको पक्षमा रहने भन्दै अमेरिकाले लोकतन्त्रको रक्षाका लागि ताइवानलाई सधै साथ दिने बताएकी थिइन् ।

पेलोसी ताइवान पुगेपछि चीनले कडा प्रतिक्रिया दिदै यसको जवाफ दिने चेतावनी दिएको छ । साथै चीनले यस क्रममा ताइवानको वरिपरिका सिमानाका समुन्द्री क्षेत्रमा सैन्य अभ्यास गरेको थियो । 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.