• Trending:

ताइवान वरपरका समुद्रमा चीनको आक्रामक सैन्य अभ्यास

ताइवान वरपरका समुद्रमा चीनको आक्रामक सैन्य अभ्यास

Economist Nepal

Thu, Saun 19 2079

ताइवान वरपरका समुद्रमा चीनको आक्रामक सैन्य अभ्यास


ताइवान वरपरका समुद्रमा चीनको आक्रामक सैन्य अभ्यास



kharibot

काठमाडौँ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले ताइवान वरपरका समुद्रहरूमा ठूलो सैन्य अभ्यासको तयारी गरिरहेको छ । चीनले यस क्षेत्रमा यथास्थिति परिवर्तन गर्न खोजिरहेको ताइवानले बताएको छ । 

पेलोसीको ताइवानको भ्रमणलाई लिएर ताइपेय बेइजिङसँग क्रुद्ध बनेको छ । ताइवानलाई चीनले आफूबाट छुट्टिएको अभिन्न अंशको रूपमा हेर्दै आएको छ । 

ताइवान वरपर हुन लागेको सैन्य अभ्यास अहिलेसम्मकै ठूलो भएको बताइएको छ । चीनले ताइवानसँगको केही व्यापारमा पनि प्रतिबन्ध लगाएको छ । सैन्य अभ्यास व्यस्त जलमार्गहरूमा हुनेछ । 

ताइवानले यो अभ्यासलाई समुद्री र हवाई नाकाबन्दी मानेको छ । उसले जहाजहरूलाई विभिन्न मार्गहरू अप्नाउन आग्रह गरेको छ । उसले वैकल्पिक उड्डयन मार्ग खोज्न जापान र फिलिपिन्ससँग वार्ता गरिरहेको छ ।

हालैका दिनहरूमा धेरै मन्त्रालयहरूले साइबर आक्रमणको सामना गरेका ताइवान सरकारले जनाएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले सैन्य अभ्यास गैरजिम्मेवारपूर्ण भएको र तिनीहरू नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिए ।

 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.