• Trending:

क्यानाडामा मंकीपक्सबाट ८९० संक्रमित

क्यानाडामा मंकीपक्सबाट ८९० संक्रमित

Economist Nepal

Thu, Saun 19 2079

क्यानाडामा मंकीपक्सबाट ८९० संक्रमित


क्यानाडामा मंकीपक्सबाट ८९० संक्रमित



kharibot

ओटावा । क्यानाडामा पनि मङ्कीपक्सका सङ्क्रमितहरु भेटिन थालेका छन् । एक समाचारमा बुधबारसम्ममा यहाँ पनि कम्तीमा ८९० जना मङ्कीपक्सका सङ्क्रमित पाइएका जनाइएको छ ।

यहाँका स्वास्थ्य संस्थाहरुले तीमध्ये चार सय २३ जना ओन्टारियोमा पाइएका जनाइएको छ । यस सहरमा सुरुदेखि नै मङ्कीपक्सको सङ्क्रमण बढेको पाइएको थियो ।

क्यानाडाको नेसनल माइक्रोबायोलोजी ल्याबरेटोरीले यस मङ्कीपक्सको सङ्क्रमणको लगत राखेको र यस सम्बन्धमा अनुसन्धान पनि गरिरहेको जनाएको छ ।

यहाँको सरकारले मङ्कीपक्सका विरुद्धको कम्तीमा पनि ७० हजार खोप  लगाउन तयार रहेको र ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मी पनि खटाइएको जनाएको छ ।

पछिल्ला केही महिनामा यो मङ्कीपक्सको सङ्क्रमण विश्वका कैयौँ देशमा पुगेको छ । यसका कारण विश्व स्वास्थ्य सङ्गठनले यसलाई स्वास्थ्य सङ्कटका रुपमा पनि घोषणा गरेको छ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.